भीमफेदीमा बस दुर्घटना, सात जनाको मृत्यु

मकवानपुरको भीमफेदीमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीस्थित १२ घुम्तीको ओरालोमा अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटना १७ जना घाइते भएको पनि प्रहरीले उल्लेख गरेको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरुको हेटौँडामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button