गोरखामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराति ट्रयाक्टर अनियन्त्रित भई भीरबाट खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरान्चोक–४ छोप्राकका २७ वर्षीय बिक्रम श्रेष्ठ रहेका छन् । राति करिब साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी भच्चेकले जनाएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button