कतार एयरवेज बन्यो २०२२ को सर्वोत्कृष्ट एयरलाइन्स

कतारको ध्वजावाहक विमानसेवा कतार एयरवेज ८ औं पटक विश्वकै सर्वोत्कृष्ट एयरलाइन्स घोषित भएको छ ।

स्काईट्र्याक्स नामक बेलायतको विमानसेवा र विमानस्थलको समीक्षा गर्ने साइटले १०० देशका १ करोड ४० लाख भन्दा बढी मानिसमा गरेको सर्वेक्षण रिपोर्ट अनुसार कतार एयरवेज सर्वोत्कृष्ट एयरलाइन्ससहित अन्य आठ विधामा उत्कृष्ट हुन सफल भएको हो । कतार एयरवेजले उत्कृष्ट बिजनेश क्लास, उत्कृष्ट बिजनेस क्लास सिट र उत्कृष्ट बिजनेस क्लास लाउञ्ज डाइनिङ विधामा उत्कृष्ट अवार्ड हासिल गर्यो ।

विश्वका ३ सय ५० एयरलाइन्सलाई सहभागी गराइएको सर्वेक्षणको दोस्रो स्थानमा सिङ्गापुर एयरलाइन्स पर्न सफल भयो । सिङ्गापुर एयर बेस्ट क्याबिन स्टाफ, बेस्ट फर्स्ट क्लास, बेस्ट फर्स्ट क्लास सिट र केटरिङसहित अन्य ९ विधामा उत्कृष्ट रहन सफल भयो ।

त्यस्तै तेस्रो स्थान युनाइटेड अरब इमिरेट्सको इमिरेट्स एयरलाइन्सले हात पार्दा जापानको अल निप्पोन एयरवेज चौथो उत्कृष्ट एयरलाइन्स बन्न सफल भयो । निप्पोन एयरवेज सबैभन्दा सफा एयरलाइन्सको विधामा पनि उत्कृष्ट बन्न सफल रह्यो । उत्कृष्ट पाँचमा अस्ट्रेलियाको कान्टास एयरलाइन्सले पनि आफ्नो स्थान सुरक्षित गर्यो ।

जापान एयरलाइन्स, टर्किस एयरलाइन्स, एयर फ्रान्स, कोरियन एयर र स्वीस इन्टरनेसनल एयरलाइन्स शीर्ष १० स्थानमा रहन सफल रहे । सर्वेक्षण अङ्ग्रेजी, चिनियाँ, जापानीज, रसियन, स्पेनिस र फ्रेन्च गरि ६ भाषामा भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button