पोखराको लेकसाइडबाट हराए काश्मिरी पुरुष, खोजी गरिदिन परिवारको आग्रह

पोखराको लेकसाइड गौरीघाटमा व्यवसाय गर्दै आएका एक काश्मिरी पुरुष बेपत्ता भएका छन् ।

मोहम्मद अब्दुल्लाह नजर नाम गरेका ती पुरुष बिहीबार बेलुकादेखि सम्पर्कमा नआएको उनको परिवार स्रोतले जानकारी दिएको छ । हराएका नजरले पोखरा-६ लेकसाइडमा प्राइड अफ नेपाल नामक काश्मिरी कार्पेट र पश्मिना सामाग्रीको व्यवसाय चलाउँदै आएका थिए ।

४० वर्षीय नजार ग २२ प ३२७५ नम्बरको स्कुटरसहित हराएको जनाइएको छ । उनको मोबाइल नम्बर पनि अफ रहेकाले सम्पर्क हुन नसकेको परिवारले बताएको छ । उनलाई वा उनको स्कुटर देख्नु हुने जोकोहीले नजिकको प्रहरीलाई खबर गरिदिन उनको परिवारले आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button