साढे दुई वर्षपछि भुटानले गर्यो विदेशी पर्यटकलाई स्वागत

भ्रमणमा दैनिक न्युनतम २०० डलर खर्च गर्नुपर्ने

झन्डै साढे दुुई वर्ष लामो प्रतिबन्धपछि भुटान विदेश पर्यटकहरुका लागि पुनः खुला भएको छ ।

कोभिड–१९ महामारीपछि बन्द रहेको सिमाना हिमालयन राज्यले पुनः खोलेको हो । स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्न पर्यटनमा आबद्ध अधिकारीहरूसहित २३ विदेशी पर्यटक शुक्रबार भुटान पुुगेका छन् । प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित चीन र भारतको बीचमा जोडिएको भुटानले पहिलो संक्रमित भेटिएपछि सन् २०२० मा सिमाना बन्द गरेको थियो ।

करिब ८ लाख जनसंख्या भएको भुुटानमा ६१ हजारलाई संक्रमण हुँदा २१ जनाको मृत्यु भएको छ । तर, कोभिडका कारण यहाँको अर्थतन्त्र भने धरासायी भएको छ । ‘हाम्रो लागि पर्यटन भनेको आम्दानी मात्र होइन’ भुटानको पर्यटन परिषद् (टीसीबी)का महानिर्देशक दोर्जी ध्राधुलले राजधानी थिम्पु नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आगन्तुकलाई स्वागत गरेपछि भने । भुटानले त्यहाँ भ्रमण गर्न आउने पर्यटकलाई न्युनतम दुई सय डलर खर्च गर्नुपर्ने नियम भने बनाएको छ ।

पर्यटकहरुलाई मह, बेसार सिम कार्ड दिएर स्वागत गरिएको थियो । काठमाडौंबाट पहिलो उडानमा पुुगेका प्रत्येक आगन्तुकलाई उपहारस्वरूप अर्गानिक मह, चिया, बेसार र स्थानीय सिमकार्डको सानो प्याक उपहारस्वरूप दिइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button