डेङ्गी बिरामीको संख्या साढे २५ हजार नाघ्यो

देशभर डेङ्गी बिरामीको संख्या साढे २५ हजार नाघेको छ ।

२०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेङ्गीका बिरामी नेपालमा भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेङ्गीका बिरामी भेटिएका छन् । हालसम्म डेङ्गीका कारण ३२ जनाको मृत्यु भएको छ ।

नेपालमा २०६१ सालमा पहिलो पटक डेङ्गीको बिरामी देखिएका थिए । त्यसपछि वर्षेनी डेङ्गीका बिरामी नेपालमा देखिएका छन् । मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेश प्रदेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदुरपश्चिम प्रदेशमा ८०४ जनामा डेङ्गी देखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button