अरिङ्गालले टोक्दा बाग्लुङका रानाको मृत्यु

बाग्लुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोकेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार सोमबार रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा राना गम्भीर घाइते भएका थिए ।

अरिङ्गालले चिलेर गम्भीर घाइते भएका रानालाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र मंगलबार बिहान घरमै ज्यान गएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button