आज बडादशैँको सातौँ दिन, फूलपाती भित्र्याइदै

बडादशैँको साताैँ दिन कालरात्री भगवतीकाे पूजा उपाशना गर्ने शास्त्रीय नियम रहेकाे छ ।

कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री भगवतीकाे उक्त दिनकाे नित्य पूजापश्चात मध्यान्ह कालमा नवपत्रिकाका रुपमा फूलपाती भित्र्याउने शास्त्रीय नियम रहिआएको छ।

यद्यपि तुलजा भवानी रथ यात्राका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १०:५ बजेकाे शुभ समय निर्धारण गरेकाे छ । षष्ठी तिथिका दिन साँझकाे समयमा विल्व निमन्त्रणा गरेपछि सप्तमी तिथिमा नवपत्रिकाका रुपमा पुजाकाेठामा फूलपाती भित्र्याउने शास्त्रीय नियम रहिआएकाे छ।

‘कदली दाडिमी धान्या हरिद्रा मानकं कचु। विल्वाशाेकाै जयन्ती च विज्ञेया नवपत्रिका : ।।’ अर्थात १ कदली- केराकाे पात २ दाडिमी – दाडिम (अनार) ३ धान्या – धान (बाला सहितको बाेट ) ४ हरिद्रा- हलेदाे ५ मानकं – ६ कचु ७ अशाेक ८ बेल ९ जयन्ती यसरी नाै प्रकारका अैाषधीय गुणले युक्त भएका जडिबुटीका रुपमा फूलपातीलाई मध्याह्नकाे समय पारेर पूजाकाेठा या जमरा घरमा विधिपूर्वक दियाे,कलश गणेश स्थापना गरेर पञ्चाेपचार या षाेडषाे पचारले विधिपूर्वक पूजा गरेर शंख,घन्टसहित बाजागाजा बजाएर मंगलधुन सहित नवपत्रिका भित्र्याउने नियम रहिआएको छ ।

वर्षा ऋतु समापन पछि शरद ऋतुमा नयाँ अन्न चढाउने नियम रहेकाले नवपत्रिकाकाे विशेष महत्व रहेकाे छ । हाम्राे देश नेपाल वैदिक,हिन्दु तन्त्रात्मक सिद्ध भुमि भएकाले सदिऔंदेखि चल्दै आएका नियम र परम्परामा रहेर आफ्ना चाडपर्व हरु मनाउनु पर्छ भन्ने धार्मिक ग्रन्थ हरुमा व्याख्या भएकाे पाईन्छ ।

हिमाल,पहाड र तराई गरि तीन भागमा नेपालीहरुकाे बसाेवास रहेकाले पनि भूमि हनुसार उपलब्ध वस्तुहरु पूजाघरमा भित्र्याउने र पूजा गर्नुपर्ने शास्त्रीय नियम रहिआएको छ । यसरी भित्र्याएको फूलपाती सुकेपछि धुलाे बनाएर शुद्ध गाईको घ्युले माेलेर वर्षदिनका लागि धुपका रुपमा प्रयाेग गर्ने नियम रहिआएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button