कास्की प्रदेशसभा चुनावमा युवा व्यवसायी देवेन्द्र केसीले उम्मेदवारी दिने तयारी

देशैभर स्वतन्त्र युवा एवम् सामाजिक व्यक्तित्वहरु चुनावी लहरमा हेलिँदा कास्कीमा पनि युवा उद्दमीले आगामी चुनावमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्न तयारी गरेका छन् ।

कास्कीको पर्यटन क्षेत्रमा युवा उमेरमै आफ्नो नाम स्थापित गरिसकेका उद्दमी देवेन्द्र केसीले प्रदेशसभा चुनावमा उम्मेदवारी दिने चर्चा चलेसँगै कास्कीको राजनीतिमा पनि परिवर्तनको छनक देखिएको हो । चुनाव आउँदा जेलनेल, राजनीतिक निरन्तरता अनि पार्टीप्रति योगदान हेरिने विचारधारा स्थानीय चुनावमा स्वतन्त्र युवाको विजयपछि आज परिवर्तित दिशामा लागेको देख्न सकिन्छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

इतिहासको ब्याज खान हैन काम र नतिजा देखाउन जाने थलो हो भन्दै जनताले नै युवा र योग्यलाई छान्ने क्रम बढेको छ । कास्की क्षेत्र नं ३ ‘ख’ मा पनि यस्तै युवा उद्दमी केसीले कास्की ३ ‘ख’ को टिकट हात पार्ने तीव्र चर्चा काँग्रेस वृतमा मात्रै हैन सर्वत्र छ। लामो राजनीति नभै आफ्नो उद्धमशीलताका माध्यम हुँदै राजनीतिक यात्रामा होमिएका केसी सृजनशील युवा राजनीतिकर्मी हुन्।

करिब चारसय बढीलाई रोजगारी दिईरहेका केसी पेशेवर राजनीतिकर्मी हैन क्षमताका आधारमा नेतृत्व स्थापित हुनुपर्नेमा विश्वास राख्दछन् । कर्म र मेहनतमा विश्वास राख्ने केसी कुटी ग्रुपमार्फत सञ्चालित दर्जन बढी व्यवसायको मालिक समेत हुन् । जनमानसमा राम्रो व्यवसायिक र सामाजिक छवि बनाइसकेका केसीले टिकट पाएमा पार्टीकै समेत हित हुने उनका निकटको बुझाई छ ।

पोखरा उद्योग वाणिज्य संघमा सदस्य र उद्योग उपाध्यक्षमा भारी मतान्तरले विजयी भइसकेका केसी विजयको यात्रा जारी राख्दै प्रदेश सांसद बन्ने यात्रामा छन् । राजनीति पेशेवर र फोहोर भइरहेका बेला यस्ता उद्धमशील, सृजनशील र क्षमतावान युवाहरुको उपस्थितिमा राजनीतिले सही मार्ग समाउने कुरामा जनता आशावादी बन्न सक्ने देखिन्छ ।

कास्की ३ ‘ख’ मा यस अघिको चुनावमा नेकपा एमालेका राजिव पहारीले नेपाली कांग्रेसका उम्मेदवार भोज बहादुर गुरुङलाई पाँच हजार २९१ मत अन्तरले पराजित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button