
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
हेटौँडाबाट पथलैया आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा खसेको हो । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्ममा १० जनाको मृत्यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए ।
घाइतेहरुको उद्धारको कार्य जारी छ, उनीहरुलाई सिमरास्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ति पठाउने कार्य भइरहेको उनले बताए ।
दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ ।





