हातहतियार बुझाउन मनाङ प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय मनाङले आफूसँग भएको हातहतियार बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग भएको हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

जिल्लाभित्र रहेका इजाजत प्राप्त हात हतियारहरू निर्वाचनपश्चात् फिर्ता हुने गरी ५ कार्तिक २०७९ भित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन हतियारधनीहरूलाई अनुरोध गरिएको हो ।

तोकिएको समयभित्र हातहतियार नबुझाए कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button