उम्मेदवारी दर्ता गर्दै रेखा थापाले लेखिन्, “यो युवाको विद्रोह हो”

राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।

आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् । थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाएका छन् ।

उम्मेदवारी दर्तापछि रेखा थापाले फेसबुकमा लामो स्टाटस पनि लेखेकी छिन् । आफ्नो राजनीतिक यात्रा समयको माग भएको भन्दै उनले उम्मेदवारी मोरङका जनताको सेवाका लागी युवाले गरेको विद्रोह भएको बताइन् । उनले विगत ३० बर्ष देखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीकालागी गरेको काम हेर्दा , समाजले नेतृत्वबाट गरेको अपेक्षाप्रति घातका भएको पनि लेखेकी छिन् ।

थापाले थप ,”अब पनि हामी नबोले, आमीले आवाज नउठाए कस्ले उठाउछ ? देश बनाउन् कसम खाएका नेताहरुले देश त परै जावस आफ्नो समाजकोलागी सम्म पनि उत्तरदायी बन्न् किन सकेनन ? किन हामी मोरङवासी सधै देशको, राजनीतिको केन्द्रविन्दु हुदाहुदै पनि पछि परिेका छौ त ? यस्तै तमाम समस्याले गर्दा मैले , मोर क्षेत्र नै ३ वाट यूवा विद्रोहको रुपमा उमेद्वारी दिएकी छु । रंगमन्चको पर्दामा रेखाथापाको जुन खालको योगदान थियो अव नेपाली समाजको , मोरबासीको , आमाहरु अनि छोरीहरुका लागी विशेष योजना सहित विशेष काम गर्ने छु ।” भनेर पोस्ट गरेकी छिन् ।

यसपटक पैसाले भोटकिन्ने तथा झुट बोलेर संसद बन्ने प्रथाको अन्य हुने पनि लेखेकी छिन् । उनले थपेकी छिन्, ” संसदीय इतिहासमा मोरङले परिर्वतनका लागी विद्रोह गर्दैछ, त्यो चेतनशील विद्रोहमा सम्पुर्ण आमाबुबा दाजुभाई दिदिबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधैँ उच्च सम्मान गर्नेछु । मोरङबासीको जित सुनिश्चित छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button