१२ सय लिटर घरेलु मदिरा नष्ट गरियो

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व) ले १२ सय लिटर भन्दा बढी घरेलु मदिरा नष्ट गरेको छ ।

व्यापारिक प्रयोजनका लागि तयार गरिएको १२ सय २० लिटर मदिरा बुधबार नष्ट गरेको प्रहरीले जनाएको छ । उक्त मदिरा अस्थायी प्रहरी कार्यालय डण्डाले विभिन्न मितिमा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले उल्लेख गरेको छ ।

मदिरा नष्ट गर्ने कार्यक्रममा वडाका जनप्रतिनिधि तथा मिडियाकर्मीको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button