पर्वतमा भरुवा बन्दुकसहित बम पक्राउ

पर्वतमा घरेलु हतियारसहित एक युवा पक्राउ परेका छन् ।

सोमबार दिउँसो ४ बजे पर्वतको पैयु गाउँपालिका वडा नं.६ साधने बस्ने २१ वर्षीय बम क्षेत्रीलाई घरमा अवैध रुपमा घरेलु हतियार भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनका साथबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

क्षेत्रीलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मङ्सिर ४ को प्रतिनिधि एवम् प्रदेशसभाको चुनावलाई मध्यनजर गर्दै प्रहरीले लाइन्सेन्स भएका हतियारलाई पनि प्रहरी कार्यालयमा बुझाउन आग्रह गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button