बेँसीसहर चामे सडक पूर्णरुपमा सञ्चालनमा

पहिरोले अवरुद्ध लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।

अविरल वर्षासँगै आएको बाढी पहिराले गत २० गतेदेखि यस सडकको विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध बनाएसँगै अवरुद्ध हुँदै आएको यस सडक हिजोदेखि सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सवइञ्जिनियर सुमन अधिकारीले बताउनुभयो ।

यस सडक ६५ किलोमिटरको दुरी रहेको छ । सडक अवरुद्ध हुँदा दसैँ मनाउने र दसैँ मनाएर फर्किनेलाई समस्या हुँदै आएको थियो ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button