काठमाडौँ महानगरले हटाएको ठेला व्यवसायीलाई हर्क साम्पाङले सहयोग गर्ने

काठमाडौँ महानगरले फुटपाथबाट हटाएको एक महिला ठेला व्यवसायीलाई धरानका मेयर हर्क साम्पाङले एक महिना बराबरको तलब सहयोग गर्ने भएका छन् ।

उनले शुक्रबार एक फेसबुक स्टाटसमार्फत सहयोगको घोषणा गरेका हुन् । साम्पाङले लेखेका छन्, ” यी बहिनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!”

बिहीबार काठमाडौँ महानगरले थापाथलीमा ठेलागाडा व्यवसाय गर्दै आएकी शर्मिला तामाङको ठेला नियन्त्रणमा लिएको थियो । ठेलागाडा अगाडि रुँदै गरेकी शर्मिलाको भिडियो त्यसयता सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button