राष्ट्रिय खेलकुद : बुद्धिचालमा रुपेश, सुजना र आशिषको अग्रता

राष्ट्रिय खेलकुद : बुद्धिचालमा रुपेश, सुजना र आशिषको अग्रता

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला तथा महिला तर्फको दोस्रो र तेस्रो चरणको क्लासिकल इभेन्ट सम्पन्न भएको छ ।

खुल्ला क्लासिकल इभेन्ट तर्फको तेस्रो चरणसम्म आइपुग्दा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवालको अग्रता कायमै रहेको छ । उनले क्लासिकल इभेन्टको तेस्रो चरण सकिँदासम्म ३ अंक जोड्न सफल भएका हुन् । प्रतियोगितामा बाग्मती प्रदेशका आशिष फुयालले पनि ३ अंक जोड्न सफल भएको निर्णायक दिपेश गिरीले जानकारी दिए ।

त्यस्तै नेपाल प्रहरीका क्षितिज भण्डारीले पनि तेस्रो चरणसम्म आइपुग्दा ३ अंक जोडेका छन् भने त्रिभुवन आर्मी क्लबका सजिन महर्जनले २ दशमलव ५ अंक जोडेको पनि उनले बताए । प्रतियोगिताअन्तर्गत महिला क्लासिकल इभेन्टको तेस्रो चरण सम्पन्न हुँदा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनी र प्रदेश नम्बर १ की खेलाडी खुस्बु थापाले अग्रता लिएका छन् ।

लोहनीले तेस्रो चरणको क्लासिकल इभेन्ट सम्पन्न भईसक्दा ३ अंक जोडेकी छिन् । त्यस्तै प्रदेश नम्बर १ की खेलाडी थापाले पनि अंक ३ प्राप्त गरेकी छिन् । प्रतियोगितामा गण्डकी प्रदेशकी पुजा भण्डारीले पनि ३ अंक जोड्दै बलियो दावेदारी प्रस्तुत गरेकी छिन् । प्रदेश नम्बर १ की कृतिसारा अधिकारीले २ दशमलव ५ अंक जोडेको निर्णायक गिरीले जानकारी दिए ।

प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आज क्लासिकल इभेन्टअन्तर्गत चौथो र पाँचौँ चरणको खेल भइरहेको उनले जानकारी दिए । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारदेखि गोरखा सदरमुकाममा बुद्धिचाल प्रतियोगिता सुरु भएको हो ।

गोरखा नगरपालिका ५ स्थित हिलेपोखरीमा रहेको गोरखा क्याम्पस परिसरमा जारी प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत पाँच दिन क्लासिकल, दुई दिन र्यापिड र एक दिन ब्लीट्ज इभेन्टमा प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button