राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीमा डेङ्गी पोजिटिभ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक महिला खेलाडीलाई डेङ्गी संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी रहेका साहारा खतिवडालाई डेङ्गी संक्रमण भएको हो । शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेङ्गी पोजेटिभ देखिएको टिमका कोच राजन नेपालीले बताए ।

उनका अनुसार डेङ्गी पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने सम्भावना भएकोले उनी टिमबाट अलग भएर आफ्नै घरमा आराम गरिरहेकी छिन् । यस अगडिको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र लुम्विनीलाई हराउदै दुई खेल जितेको छ ।

अब छिट्टै सन्चो भएर पुनःखेलमा फर्किने संक्रमित खतिवडाले बताईन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button