राष्ट्रिय खेलकुद : बुद्धिचालमा आशिषको एकल अग्रता, महिला बास्केटबलमा गण्डकीको जीत

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा आशिष फुयाँलले एकल अग्रता कायम गरेका छन् ।

प्रतियोगिताअन्तर्गत क्लासिकल इभेन्टको पाँचौ चरणको खेल सम्पन्न हुँदा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का खेलाडी फुयाँलले अग्रता कायम गरेका हुन् । क्लासिकलतर्फको अहिलेसम्मको ५ खेलमध्ये फुयाँलले ४ खेलमा जीत हात पारेका छन् भने एक खेलमा मात्र पराजित भएको निर्णायक दिपेश गिरीले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत पाँचौ चरणको क्लासिकल इभेन्टमा फुयाँलले नेपाल पुलिस क्लबका क्षितिज भण्डारीसँग ‘ड्र’ खेल्दै अग्रता कायम गर्न सफल भएका हुन् । फुयाँलले क्लासिक इभेन्टको पहिलो चरणमा लुम्बिनी प्रदेशका निशान्त श्रेष्ठ, दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुरवीर लामा, तेस्रो चरणमा त्रिभुवन आर्मी क्बलका मिलन लामा र चौथो चरणमा त्रिभुवन आर्मी क्लबकै रुपेश जैसवाललाई पराजित गरेका हुन् ।

प्रतियोगितामा नेपाल पुलिस क्लबका क्षितिज भण्डारी र त्रिभुवन आर्मी क्बलका रुपेश जैसवालले ४-४ खेल जितेर फुँयाललाई पच्छ्याई रहेका छन् ।

यस्तै राष्ट्रिय खेलकुदको थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् । आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ अंकले पराजित गरेको हो ।

खेलमा गण्डकीकी स्मृत गुरूङले सर्वाधिक ७ अंक जोडेकी थिइन । यसैगरी आजै भएका खेलहरुमा एपीएफले प्रदेश-१ लाई २१-५ र आर्मीले बागमती प्रदेशलाई १२-४ अङ्कको अन्तरमा पराजित गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button