भलिबलमा एपिएफले आर्मीलाई हरायो

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपिएफले जित निकालेको छ । एपिएफले त्रिभुवन आर्मीलाई पराजित गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धामा सशस्त्रले सेनालाई १ का विरुद्ध ३ सेटले पराजित गरेको हो । लिक कम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलको पहिलो, तेस्रो र चौथो सेट सशस्त्र तथा दोस्रो सेट आर्मीले जितेका थिए ।

विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको सशस्त्रले सेनालाई पहिलो सेट २५–२०, तेस्रो २५–२१ र चौथो सेट २५–२३ मा पराजित गरेको थियो । दोस्रो सेट २५–१९ ले जित्दै खेलमा पुनरागमन गरेपनि मनिषा खाँडको नेतृत्वमा रहेको सेनाको तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेन ।

तीन टिम रहेको समूह ‘ए’बाट सशस्त्र र त्रिभुवन आर्मी क्वाटरफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा समूह ‘ए’को बिजेता सशस्त्र र समुह ‘सि’ को उपविजेता लुम्बनी प्रदेश भिड्ने भएका छन । यसैगरी समूह ‘सि’ को विजेता नेपाल पुलिस क्लब समूह ‘ए’को उपविजेता सेनासँग प्रतिस्पर्धा गर्नेछ ।

भएइभराउ खुल्लामञ्चको मैदानमा दर्शकले हुटिङ गरेर खेलाडीलाई राम्रै हौसला प्रदान गरेका थिए । खेलमा एपिएफकी निरुता ठगुन्नालाई वुमन अफ द म्याच घोषणा गरिएको थियो ।

दोस्रो खेल अहिले दिउँसो बाग्मती र मधेश प्रदेशबीच भइरहेको छ । आजको अन्तिम खेल सँगै पहिलो चरणको सबै खेल सकिनेछ । सात प्रदेश र तीन वटा विभागीय टिम सहभागी प्रतियोगितामा कर्णाली प्रदेश पहिलो चरणबाटै बाहिरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button