राष्ट्रिय खेलकुद : बक्सिङमा विभागीय टोली हावी

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत बक्सिङ प्रतियोगिताको दोस्रो दिनमा खेलमा पनि विभागीय टोली नै हावी देखिएका छन् ।

पोखरा रंगशाला अन्तर्गत बक्सिङ हलमा सञ्चालन गरिएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ विभागीय टोली अगाडि रहेका हुन् । पुरुषतर्फ पहिलो चरणमा भएको खेलमा आर्मीका सुशील थापाले ४.१ नम्बर ल्याएर कर्णालीका मोहन गुरुङलाई पराति गरे ।

त्यस्तै लुम्बिनीका सुरज ओलीले सुदूरपश्चिमका चिरन्जीवी खड्कालाई पराजित गरे । अर्को खेलमा एपीएफका प्रदीप महर्जनले कर्णालीका जीवनकुमार पुनलाई पराजित गरे भने सुदूरपश्चिमका रन्जन भट्टलाई हराउँदै बागमतीका लालप्रसाद उप्रेतीले ५ नम्बर ल्याए ।

पुलिसका शम्भु राजवंशीलाई हराउँदै आर्मी क्लबका प्रेम चौधरीले ५ नम्बर ल्याए भने बागमतीका सुरज महर्जनलाई हराउँदै एनआरएनका शिवु थापा विजयी भए । अन्य खेलहरुमा आर्मीका सुदीप श्रेष्ठलाई हराउँदै गण्डकीका बुद्ध ग्याम्जो लामा, प्रदेश १ का बलबहादुर पुनलाई हराउँदै गण्डकीका निश्चल गुरुङ, पुलिसका निकेश देशाहीलाई हराउँदै आर्मीका पुरन सुनुवार विजयी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button