टेबलटेनिस डबल्समा पुलिस र एपिएफलाई स्वर्ण, आज सिङ्गल्सका प्रतिस्पर्धा

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबुल टेनिस प्रतियोगितामा मिक्स डबल्स इभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ ।

पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी प्रतियोगिताको मिक्स डबल्स इभेन्टमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले गोल्ड मेडल हात पारेको हो । मिक्स डबल्स इभेन्टमा त्रिभुवन आर्मी क्लबलाई ११­-७, ५-११, ८-११, ११-५,९–११ को अङ्कका साथ २–३ सेटको अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले गोल्ड मेडल हात पार्न सफल भएको हो ।

यसैगरी वुमन्स डबल तर्फ एपीएफले नेपाल पुलिस क्लवलाई पराजित गर्दै गोल्ड मेडल पाउन सफल भएको छ । नेपाल पुलिस क्लवलाई ११ –९, ८ –११, ११­ –९, ९–११, ७–११ अङ्कका साथ २–३ सेटको अन्तरले पराजित गर्दै एपीएफले जीत हात पारेको हो ।

मिक्स डबल्समा एनआरएनए र गण्डकी प्रदेशले काँस्य पदक हात पारे । यस्तै वुमन्स डबल इभेन्ट तर्फ बाग्मती प्रदेशले काँस्य पदकमा चित्त बुझाउनु पर्यो । यसैबीच आइतबार नै सम्पन्न मेन्स डबल इभेन्टतर्फको सेमिफाइनलमा जीत हासिल गर्दै नेपाल पुलिस क्लब र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल आज हुने जनाइएको छ ।

प्रदेश नं १ लाई ११-५,११-६,११-७ अङ्कका साथ ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलको बाटो तय गरेको हो भने एपीएफले त्रिभुवन आर्मी क्लबलाई ११-७, १३-११, १०-१२, ९-११,११-१७ अङ्काका साथ ३-२ सेटको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । मेन्स डबलतर्फ प्रदेश नं १ र त्रिभुवन आर्मी क्लबले कास्य पदक हात परिसकेका छन् ।

आज सोमबार वुमन सिङ्गल र मेन सिङ्गल खेल हुनुका साथै मेडल वितरणको कार्यक्रम रहेको राष्ट्रिय टेबल टेनिस खेलका कोर्डिनेटर सन्तोष चापागाईले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button