कास्कीमा भरुवा बन्दुकसहित युवक पक्राउ

कास्की जिल्लामा भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् ।

कास्कीको माछापूच्छ्रे गाउँपालिका वडा नं. २ खैमराङ बस्दै आएका ३३ वर्षीय आइत सिंह तामाङ एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । शनिबार बिहान करिब ८:३० बजे सोही स्थानमा बारीमा घाँस काट्दै गरेकी महिला गोलीको छर्रा लागेर घाइते भएकी थिइन् । सोही घटनाको अनुसन्धान गर्ने क्रममा उक्त बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा आठ दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button