चितवनमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

चितवनको भानुचोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका-१० भानुचोकमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकल चालक सुमन लुइँटेलको घटनास्थलमै मृत्यु भएको हो । लुइँटेललाई टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ट्याङ्करले ठक्कर दिएको थियो । मृतक लुइँटेलको स्थायी घर झापा भएको प्रहरीले जनाएको छ ।

लुइँटेल चढेको ना ३५ प ८७५६ नम्बरको रोकिराखेकै अवस्थामा ट्याङ्करले ठक्कर दिएको स्थानीयले बताएका छन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको र ठक्कर दिने ट्याङ्कर र ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएको पनि टाँडी प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button