सामाजिक सञ्जालमा महिलाको तस्वीर दुरुपयोग गर्ने तनहुँका युवक पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको तस्वीर दुरुपयोग गर्ने तनहुँका एक युवक पक्राउ परेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-८ घर भएका २१ वर्षीय रविन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । भण्डारीले एक महिला र अर्का एक व्यक्तिको तस्वीर दुरुपयोग गरि सार्वजनिक नैतिकता र शिष्टाचार विपरीतका सामाग्री पोस्ट गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

भण्डारीविरुद्ध पीडित महिलाको श्रीमानले जाहेरी दिएको दिएका थिए । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरि काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम ६ दिन म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button