रोल्पामा जीप दुर्घटना हुँदा तीनको मृत्यु

रोल्पामा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जीप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिका–१ भालुबाङ निवासी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु१ज ३२३४ नम्बरको जीप दुर्घटनाग्रस्त भएको थियो । जीप सडकबाट करिब एक सय मिटर तल खसेको थियो । जीपमा १५ जना सवार रहेको र मृत्यु हुने बाहेक सबै १२ जना नै घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा सिफारिस गरिएको इलाका प्रहरी कार्यलय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जनकारी दिनुभयो । जीपको अचानक ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button