कालिकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन घाइते

कालिकोटमा आज बिहान बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ ।

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० मा बिहान करिब ८ बजे बम विस्फोट हुँदा एक बालिकाको घटनास्थल मै र थप एक जनाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा ४ वर्षीया झरना थापाको घटनास्थलमै र अर्की ४ वर्षकै सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको हो ।

विस्फोटमा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा सो विष्फोट भएको बताउनुभयो । बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको जनाइएको छ ।

नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button