बाग्लुङ-२ मा स्वतन्त्र उम्मेदवार डिलबहादुर र तुल्सीरामको ठुला दलसँग प्रतिस्पर्धा

जित हारका शृङ्खलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब २० दिन मात्र बाँकी छ । चुनाव सम्मुखमा आइपुग्दा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन् । देशभर स्वतन्त्र उम्मेदवारको लहर चल्दा बाग्लुङ-२ मा पनि दुई स्वतन्त्र उम्मेदवार ठुला पार्टीका स्थापित नेताहरुसँग आमनेसामने गर्ने भएका हुन् ।

बाग्लुङ-२ मा ५६ वर्षीय डिलबहादुर कार्की र अर्का ५६ वर्षकै स्वतन्त्र उम्मेद्वार तुल्सीराम अर्याल स्थापित दलका नेतासँग प्रतिस्पर्धा गर्ने भएका हुन् । स्वतन्त्र उम्मेदवारका अलावा बाग्लुङ-२ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावमा उभिएका छन् ।

विसं २०७४ सालमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा मिलेर चुनावमा जाँदा काँग्रेस भने एक्लै चुनावमा सहभागी भएको थियो । त्यस्तै गत वैशाख ३० गते भएको स्थानीय चुनावमा भने छ वटा स्थानीय तह भएको बागलुङ–२ मा सत्ता गठबन्धनले एउटा पालिका प्रमुखबाहेक सबैमा जित हासिल गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button