पार्किङ प्रयोजनका लागि बनेका भुमिगत संरचनालाई पार्किङकै लागि प्रयोगमा ल्याउन पोखरा महानगर “एक्सन” मा उत्रने भएको छ ।
आज एक सूचना जारी गर्दै महानगरले भोलि मङ्गलबारदेखि पार्किङ प्रयोजनका लागि बनेर पनि त्यसविपरीत प्रयोग भइरहेका संरचना खाली गर्न आफै फिल्डमा उत्रने बताएको हो । महानगरले सूचनामा पटक पटक सार्वजनिक रुपमै आग्रह गर्दा पनि अटेर गरेकाले अब अन्डरग्राउन्ड पार्किङ सञ्चालन गर्न आफै अग्रसर हुने जनाएको छ ।
भोलि बिहान १० बजे पोखराको न्युरोडबाट भुमिगत पार्किङ खाली गर्ने कार्यको शुरुवात गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution