तनहुँमा फेरि चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँको व्यास नगरपालिका १२ छिर्केनेमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

मङ्गलबार साँझ करिब साढे ६ बजेको समयमा घर नजिकै बसिरहेका ८ वर्षीय अभिनव कुँवरको चितुवाको आक्रमणमा परी मृत्यु भएको हो । चितुवाले बालकको शव नजिकैको झाडीसम्म पुर्याएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तनहुँमा चितुवा बढ्दो आतंकबीच दर्जनभन्दा बढी बालबालिकाले ज्यान गुमाइसकेका छन् । मानव बस्ती र जङ्गलबीचको दुरी घट्दै जाँदा र शिकारमा कमी आउँदा जङ्गली जनावर बस्तीमा पस्ने र मानवलाई नै आक्रमण गर्ने अवस्था बढ्दै गएको विज्ञहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button