डेङ्गी सङ्क्रमणबाट २३ वर्षीया सञ्चारकर्मी अधिकारीको निधन

डेङ्गी सङ्क्रमणका कारण लमजुङकी २३ वर्षीया चाँदनी अधिकारीको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा हिजो बिहान अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो , “सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मङ्गलबार बेँसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिए पनि समस्या बढ्दै गएपछि सोही दिन चितवन लगिएको थियो ।” डेङ्गी सङ्क्रमण रहेको र निरन्तर बान्ताका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अधिकारी विगत डेढ वर्षदेखि लमजुङ सुन्दरबजार नगरपालिकास्थित रेडियो भोटेओडारमा कार्यरत हुनुहुन्थ्यो । उहाँले केही समय अघिमात्र निम्न माध्यमिक तहको शिक्षक लाइसेन्स परीक्षा पनि उतीर्ण गर्नुभएको थियो ।

मृतक अधिकारी प्रेस सेन्टर नेपाल लमजुङको सचिव, सञ्चारिका समूह लमजुङको सहसचिव हुनुहुन्थ्यो । नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले एक शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button