म्याग्दीका देवेन्द्रको रोमानियामा मेसिनमा च्यापिएर मृत्यु

रोमानियामा वैदेशिक रोजगारीको सिलसिलामा पुगेका एक नेपाली युवकको कामकै क्रममा मृत्यु भएको छ ।

म्याग्दी जिल्ला घर भएका ३३ वर्षीय देवेन्द्र पुनको रोमानियामा मेसिनमा च्यापिएर मृत्यु भएको हो । रोमानियाको तिमिसोआरा शहरमा रहेको बनाट मेलन कृषि कम्पनीमा काम गर्दै आएका पुनको काम गर्दागर्दै मेसिनमा च्यापिएर मृत्यु भएको म्याग्दी प्रवासी नेपाली संघ रोमानियाले जनाएको छ ।

आलु खन्ने क्रममा मेसिनमा परेर पुनको मृत्यु भएको जनाइएको छ । उनी ३ महिना अघि मात्र त्यहाँ पुगेको मोना रोमानियाका सदस्यले जानकारी दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button