टि ट्वान्टी विश्वकपमा भारत र पाकिस्तान दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको दिनको पहिलो खेलमा नेदरल्यान्डले दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै १३ रनले पराजित गरेपछि भारत स्वत सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो खेलमा पाकिस्तानले बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गर्यो ।
आज समूह २ को पहिलो खेलमा पहिले ब्याटिङ गरेको नेदरल्यान्डले १५८ रन बनायो । उस्का लागि कोलिन एकरम्यानले सर्वाधिक ४१(२६) रन बनाउँदा स्टेफन माइबर्गले ३७ र टम कुपर ३५ रनको योगदान दिए । प्रतिउत्तरमा नेदरल्यान्डको कसिकसाउ बलिङसामु दक्षिण अफ्रिकाको ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसके पछि टोलीले निर्धारित २० ओभरमा १४५ रन मात्र बनाउन सक्यो । नेदरल्यान्डको दक्षिण अफ्रिकामाथि यो नै पहिलो विजय रहेको थियो ।
दक्षिण अफ्रिका बाहिरिएसँगै क्वाटरफाइनल सरह भएको दोस्रो खेलमा पाकिस्तानले बङ्गलादेशमाथि सहज जीत दर्ता गर्यो । पहिले ब्याटिङ गरेको बङ्गलादेशलाई निर्धारित २० ओभरमा १२७ रनमा समेटेपछि पाकिस्तानले १८.१ ओभरमा सहजै लक्ष्य हासिल गर्यो । बङ्गलादेशलाई सस्तैमा समेट्न शाहिन अफ्रिदीले २२ रन खर्चदै ४ विकेट लिए । शाहिन आफ्नो उत्कृष्ट बलिङ प्रदर्शनका लागि प्लेयर अफ दि म्याच पनि घोषित भए ।
अब आजको दिनको तेस्रो तथा समूह २ को अन्तिम लिग खेलमा भारत र जिम्बाबे खेल्दैछन् । उक्त खेलबाट समूह २ को पहिलो र दोस्रो स्थानको टुङ्गो लाग्नेछ । समूह १ बाट न्युजिल्यान्ड र इङ्ग्ल्यान्ड यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution