पोखरामा फलामको पोलले लाग्दा विद्यार्थीको मृत्यु

पोखराको एक विद्यालयमा फलामको पोलले लागेर विद्यार्थीको मृत्यु भएको छ ।

पोखरा उत्तमचोकमा रहेको ज्योतिकुञ्ज विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय रोहित थापाको फुटबल पोस्टको बारले लाग्दा मृत्यु भएको हो । दिउँसो टिफिन टाइमका बेला खेल्ने क्रममा बारमा झुन्डिएका बालक उक्त बार नै खसेर लागेपछि घाइते भएका थिए ।

घाइते थापालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ । प्रहरीले थप अनुसन्धानका लागि स्कुलका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button