पश्चिमी नेपालमा भुकम्पको धक्का महसुस गरिएको छ ।
मङ्गलबार राती करिब ९ बजेर ८ मिनेटको समयमा भुकम्पको धक्का महसुस गरिएको हो । दिपायल केन्द्रविन्दु पारेर गएको ४.८ रेक्टर स्केलको भुकम्पको धक्का सुदुरपश्चिम प्रदेश र मध्य कर्णाली प्रदेशका जिल्लाहरुमा महसुस गरिएको थियो ।
भुकम्पको थप विवरण भने आइसकेको छैन ।





