डोटी जिल्ला केन्द्रविन्दु बनाएर लगातार भुकम्पको धक्का, छ जनाको मृत्यु

पश्चिम नेपालका विभिन्न जिल्लामा लगातार भुकम्पको धक्का महसुस गरिएको छ भने भुकम्पमा परी हालसम्म छ जनाको मृत्यु भएको छ ।

मङ्गलबार राती करिब ९ बजेर ८ मिनेटको समयमा पहिलो भुकम्पको धक्का महसुस गरिएको थियो । डोटीको केन्द्रविन्दु पारेर गएको ५.७ रेक्टर स्केलको पहिलो भुकम्प गए पश्चात् ४.१ रेक्टर स्केल र ६.६ रेक्टर स्केलका थप दुई भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पले घर भत्किँदा डोटी पुर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा छ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १७ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलसी बोहरा रहेका छन् ।

धक्का सुदुरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा महसुस गरिएको थियो । भुकम्पको थप विवरण आउन बाकिँ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button