शुरु भयो हल्ट पुरस्कारको २०२२/२३ संस्करण

सुब्रत ढकाल । काठमाडौँ विश्वविद्यालयले आयोजना गर्ने हल्ट पुरस्कारको २०२२/२३ संस्करणको शुरुवात भएको छ ।

सामाजिक उद्यमशीलतालाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुने प्रतियोगिताले विद्यार्थीहरूलाई सामाजिक समस्या समाधान गर्न योगदान दिने खालका विचारहरु सिर्जना गर्न चुनौती दिन्छ जसका माध्यमबाट व्यापारिक नाफा पनि कमाउन सकियोस् । यस वर्षको हल्ट प्राइज अनक्याम्पस इभेन्टको थिम ‘रिडिजाइनिङ फेसन’ रहेको आयोजकले जनाएको छ ।

यस वर्षको थिमले विद्यार्थीलाई फेसन/कपडा उद्योगमा नाफामुलक सामाजिक उद्यम सिर्जना गर्न चुनौती दिनेछ । प्रतियोगितामा काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएका कुनै पनि शैक्षिक संस्थामा अध्ययनरत स्नातक, स्नातकोत्तर, एमफिल, र पीएचडीका विद्यार्थीहरू भाग लिनसक्ने जनाइएको छ ।

प्रतियोगितामा प्रस्तुत गरिने विचारहरुले मानव र पृथ्वीमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्नुपर्दछ भने संयुक्त राष्ट्र संघको सन् २०३० सम्म दिगो विकास प्राप्त गर्ने लक्ष्यलाई समेत समर्थन गर्नुपर्ने हुनेछ । कार्यक्रमको नेतृत्व क्याम्पस निर्देशक श्री हेरिज विष्ट र उनको ३० सदस्यीय आयोजक समितिले गर्नेछ ।

अनक्याम्पस हल्ट कार्यक्रम आयोजना गर्ने नेपालको पहिलो विश्वविद्यालय काठमाडौँ विश्वविद्यालय हो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button