बेलायतका राजा चार्ल्स तृतीयमाथि अण्डा आक्रमण गर्ने युवक पक्राउ

बेलायतका राजा चार्ल्स तृतीय र उनकी पत्नी क्यामिलामाथि अण्डा आक्रमण गर्ने एक युवक पक्राउ परेका छन् ।

मिकलगेट बार हुँदै योर्क शहर प्रवेश गर्ने क्रममा चार्ल्समाथि एक युवकले अण्डा प्रहार गरेका थिए । भिडियो फुटेजमा भुइँमा थुप्रै फुटेको अण्डा देखिए पनि राजा चार्ल्स र क्यामिलालाई भने कुनै पनि अण्डाले नलागेको बताइएको छ । हमलाकारीलाई प्रहरी नियन्त्रणमा लिएको थियो । त्यसक्रममा ती युवाले “यो देश श्रमिकको रगतले बनेको हो” भन्दै नारा लगाएका थिए ।

योर्कसायर प्रहरीले ती युवा २३ वर्षको भएको बताएको छ । ७० वर्ष लामो शासनकाल पछि बेलायतकी महारानी एलिजावेथको मृत्यु भएसँगै चार्ल्सले बेलायतको राजगद्दी केही समय अघिमात्र सम्हालेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button