“सडक पूर्वाधार समृद्धिको आधार” : एमाले नेतृ विद्या भट्टराई

कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छिन् ।

मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नं. २० का मतदातासँग मत माग्न घरदैलोमा पुगेकी उनले उक्त क्षेत्रका अधुरा काम पुरा गर्न आफु सारथी बन्ने प्रतिबद्धता व्यक्त गरिन् । पोखरा महानगरमा थपिएका नयाँ वडाहरुको सडक निर्माण पहिलो आवश्यकता भएको बताउँदै उनले वडाहरुको समग्र विकासका लागि महागरसँगै संघ र प्रदेश सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिइन् ।

निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेकी भट्टराईले पोखरा ढाँडवेसी, वयरघारी, लामडाडा, मौजा ग्रामीण सडक स्तरोन्नतीसँगै झण्डै साढे एक किलोमिटर बाटो ढलान समेत गरिएको बताउँदै भनिन्–‘बाँकी रहेको काम सम्पन्न गर्ने जिम्मेवारी मलाई दिनुहोस ।’

हिमश्रृङ्खलाको मनोरम दृश्यसँगै सुन्दर गाउँ मौजा आँटीघरमा रहेको होमस्टेको प्रबर्द्धनका लागि सडक सञ्जाल पहिलो आवश्यकता भएको उनको भनाई थियो । भट्टराईले सडक यातायातले उक्त क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन्

निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार मिना गुरुङले दिगो विकास लक्ष्य प्राप्तिका लागि आफ्नो उम्मेदवारी भएको स्पष्ट पारेकी छन् । नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउनु वर्तमानको आवश्यकता भएकोमा उनको जोड थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button