पोखरा वृद्धाश्रममा ६१ थान ब्लाङ्केट सहयोग

पोखरा महानगरपालिका-१७ मा रहेको पोखरा वृद्धाश्रममा जाडोका लागि आवश्यक ब्लाङ्केट वितरण गरिएको छ । लौहपुरुष गणेशमान सिंहको १ सय ८ औँ जन्मजयन्तीका अवसरमा समाजसेवी विजयराज आचार्य र देवराज गुरुङले ६१ थान ब्लाङ्केट वितरण गरेका हुन् ।

बिहीबार आश्रममै पुगेर त्यहाँ रहेका वृद्ध वृद्धालाई ब्लाङ्केट वितरण गरिएको आचार्यले जानकारी दिए । केही समययता पोखरामा जाडो बढ्न सुरु गरेको र आश्रमका वृद्धवृद्धालाई ब्लाङ्केटको आवश्यकता भएको सुचना पाएपछि उक्त सहयोग गरेको समाजसेवी गुरुङले बताए ।

“जाडो सुरु भएको र वृद्धाश्रममा रहनुभएका आमा बुबाहरुलाई ओढ्ने ब्लाङ्केटको समस्या भएको थाहा पाएपछि सिंहको जन्मजयन्ती अवसर पारेर सहयोग गरेका हौँ ।” गुरुङले भने । मानवीय समवेदनामा दृष्टिकोणले पनि वृद्धाश्रममा सहयोग गर्न पाउँदा आफु गौरवान्वित बनेको उनको भनाई छ ।

भविष्यमा पनि आश्रममा आवश्यक अन्य सामाग्रीको सहयोग कार्य जारी राख्ने गुरुङले जनाए । ब्लाङ्केट सहयोग पाएपछि त्यहाँका वृद्धवृद्धाले सहयोगी आचार्य र गुरुङप्रति कृतज्ञता प्रकट गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button