कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो : आज कात्तिक २५ गते २०७९ साल, शुक्रबार । नोभेम्बर महिनाको ११ तारिख २०२२ । मार्गकृष्णपक्ष तृतीया, मृगशिरा नक्षत्र, वणिज करण, शिव योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज सूर्योदय बिहान ०६ः२१ मा भयो भने सूर्यास्त १७ः१३ मा हुनेछ ।

आज बिहान ७ः४२ देखि ०९ः०४ सम्मको समय लाभ बेला रहेको छ । बिहान ११ः२७ देखि १२ः१० सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो आज सबैभन्दा उत्तम समय हो । आजका देवता मित्र र ग्रहदेव बुध हुन् । शुक्रबारको दिन वैभवलक्ष्मी, शुक्रग्रह र सरस्वतीको पूजा आराधना गर्न सकिन्छ । शुक्रबार यात्रा र मनोरञ्जनको लागि समय खर्च गर्दा राम्रो हुन्छ । शुक्रबार लक्ष्मी सुक्तको पाठ गर्दा धन प्राप्तिको योग बन्नेछ । शुक्रबार शुक्रायः नमः मन्त्रको एकसय आठ पटक जप गर्दा मनमा शान्ति प्राप्त हुन्छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आज नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । मनमा सकारात्मक सोच राख्नु पर्नेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक सोचले काम गर्दा मनमा खुसी छाउनसक्छ । आजको दिन चन्द्रमाको साथ छ । तपाईको सोच अनुसार काम हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नु होला । आज सकारात्मक सोच राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । मौन रहनु उत्तम हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – आजको दिन शुभ छ । आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कसैसँग विवाद र झगडा नगर्नुहोला । सामाजिक सेवाको काममा लाग्नु होला । सुर्योदय वा शिवालयको दर्शन गर्दा आत्मबल बढ्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछन् । कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – कन्या राशिका जातकको लागि आजको दिन आफन्तसँग सम्बन्ध बिग्रनसक्ने योग छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीको धनराशिबाट महिला र वृद्ध माताहरुलाई केही उपहार दिनु होला । अनावश्यक आरोप पनि लाग्न सक्छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) – आजको दिन शुरु गरेको काम सफल हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – वृश्चिक राशिका जातकले आज कार्ययोजना अनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने कार्यमा सफलता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – धनु राशि भएका जातकका लागि ग्रह बलिया भएका छन् । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – आजको दिन मानसम्मान मिल्ने योग रहेको छ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मनमा हर्ष छाउने छ । व्यापार व्यवसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – कुम्भ राशिका जातकको आज सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button