मादीले बगाउँदा ६० वर्षीय पुरुषको मृत्यु

मादी नदीमा नुहाउने क्रममा बगाएर एक पुरुषको मृत्यु भएको छ ।

शनिबार दिउँसो करिब १२:१५ बजे व्यास-३ शान्तिनगरस्थित मादी नदीमा नुहाउन पसेका ६० वर्षीय झिलक बहादुर पौडेलको नदीले बगाएर मृत्यु भएको हो । सिन्धुपाल्चोकको इन्द्रावती गापा-१० घर भएका पौडेललाई नदीले बगाएर करिब एक किलोमिटर तल पुर्याएपछि स्थानीयले देखेर उद्धार गरेका थिए ।

उनलाई उपचारका लागि दमौली अस्पताल पुर्याइएपनि उपचारका क्रममा मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button