एमालेको योजनामा साल्मेडाँडादेखि हुँडिकोटसम्म दृश्यावलोकन रेल

नेकपा एमालेले साल्मेडाँडादेखि मट्टिखान, निर्मलपोखरी र भरतपोखरीको हुँडिकोटसम्मको करिव १० किलोमिटर दृश्यावलोकन गर्न सकिने रिचलाईन रेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्ने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले जनाएकी छिन् ।

पोखरा २१ मट्टिखानमा आइतबार आयोजित कोणसभामा बोल्दै उम्मेदवार विद्या भट्टराईले एमाले विकास निर्माणसँगै नयाँ योजना र भिजनको सपना देख्ने पार्टी भएको बताउँदै विचार, आस्था र भिजन नहुनेले मुलुकको विकास गर्न नसक्ने स्पष्ट पारिन् । साल्मेडाँडादेखि हुँडिकोटसम्मको करिब १० किमी  दुरीमा मनोरम हिमश्रृङ्खलासहित अनुपम प्राकृतिक छटाको दृश्यावलोकन गर्न सकिने रेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको उनको भनाई थियो ।

पर्यटन प्रबर्द्धनका लागि पूर्वाधार निर्माणसँगै प्रविधियुक्त आधुनिक कृषि प्रणालीको विकास गरि उक्त क्षेत्रलाई पर्यटन र कृषिको हव बनाउने प्रतिबद्धता व्यक्त गर्दे उनले त्यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने आवश्यकता पनि उनले औल्याईन् । उनले फुस्रेखोला, रामदी मट्टिखान सडक निर्माण व्यवसायीको ढिलासुस्तिका कारण समयमा सम्पन्न हुन नसकेको स्पष्ट पार्दै उक्त सडक निर्माण कार्यलाई तिव्रता दिन आफु प्रतिबद्ध भएर लाग्ने पनि बताइन् ।

कार्यक्रममा गोर्खा स्मारक ट्रष्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले नेकपा एमालेले प्रदेश प्रतिवद्धापत्रमा साल्मेडाँडाबाट छुकछुके रेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने विषयलाई समेटेकोमा स्वागत गरेका छन् । कोणसभामा बोल्दै उनले ट्रष्टले साल्मेडाँडादेखि, निर्मलपोखरा र भरतपोखरासम्म छुकछुके रेल सञ्चालन गर्ने डिपिआर तयार पारेको जानकारी दिए ।

“दोश्रो विश्वयुद्धमा बेलायतकोतर्फबाट लडाई लड्ने क्रममा दिवंगत भएका वीर गोर्खाली पुर्खाहरुको स्मरणमा स्याङजा फेदीखोला गाउँपालिकाको साल्मेडाँडामा स्मारक निर्माण कार्य भईरहेको छ ।” ट्रष्टका महासचिव गुरुङले भने–“स्मारक निर्माणसँगै रेल समेत सञ्चालन गर्ने हो भने मुलुकको पर्यटक प्रवद्र्धनमा उक्त योजना कोशेढुङ्गा सावित हुने विश्वास संस्थाले लिएको छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवम् निर्वाचन २ (ख) का उम्मेदवार भिमबहादुर कार्कीले एमाले जे बोल्छ, त्यही गर्दछ भन्दै यस क्षेत्रको समग्र विकासमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त जनाए ।

पोखरा २१ का निवर्तमान वडाअध्यक्ष खगराज आचार्यले कृष्ति, निर्मलपोखरी भरतपोखरीका जनतालाई खानेपानीको सुविधा पुर्याउनका लागि सञ्चालन गरिएको सहलगानी खानेपानी योजना सम्झौता सवैको सहयोग रहेको स्मरण गर्दै सचेत मतदातासँग विकास निर्माणमा अनर्गल प्रचार नगर्न सबैमा आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button