रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन कार्यालयमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर २ बाट दिएको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पनि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो । उनीमाथि उम्मेदवारी खारेज गर्न माग गर्दै राजकुमार पाण्डेले उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन् ।

उजुरीपछि निर्वाचन कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको छ । अब निर्वाचन अधिकृतले लामिछानेको स्पष्टीकरण प्राप्त गरेसँगै थप प्रक्रिया अघि बढ्ने जनाइएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button