पर्वतमा जीप दुर्घटना, चालकको मृत्यु

पर्वतको जलजला-३ मा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पर्वतको बेनीबाट मल्लाज माँझफाटतर्फ जाँदै गरेको ग १ ज ५२९६ नम्बरको बोलेरो जिप साँझ ५ बजेतिर भुर्तुलाको भिर भन्दा केहि तल घुम्तीमा दुर्घटनाग्रस्त भएको हो । १२ जना यात्रु बोकेर मल्लाजतर्फ गइरहेको जिप सडकबाट १५० मिटर तल खसेको जनाइएको छ । घटनामा रातो ढुङ्गा घर भएका ३७ वर्षीय चालक डम्बरबहादुर दमैको मृत्यु भएको छ ।

दुर्घटनामा थप १० जना यात्रु घाइते भएको र उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घुम्तीबाट खसेको जिप भिरको रुखमा अडिँदा ठुलो क्षति हुनबाट जोगिएको स्थानीयहरुले जनाएका छन् । दुर्घटना भए लगत्तै बेनीका स्थानीय युवाले तत्कालै घटनास्थल पुगेर उद्दारकार्यमा खटिएका थिए ।

गम्भीर घाइते ३ जनालाई उपचारका लागि पोखरा लगिएको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button