गठबन्धनको प्रतिबद्धता : काठमाडौँ-पोखरा-लुम्बिनी फास्ट ट्रयाक

कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाडौँ-पोखरा-लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले पोखराबाट छुट्ने मुख्य बाटो पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अन्तर्गतको खण्ड फराकिलो बनाउँदै फास्ट ट्रयाक बनाउन पहल गर्ने बताएका हुन् ।

यस्तै पोखरा क्षेत्रमा चक्रपथ निर्माण एवम् बाहिरी चक्रपथको अध्ययन सुरु गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । राजमार्गका छेउछाउका प्रभावितलाई उचित मुआब्जा दिलाउन पहल गर्नुका साथै पुष्पलाल मध्येपहाडी लोकमार्ग एवम् कोरोला जोमसोम देखी त्रिवेणी भैसालोटनसम्मको निर्माणाधीन लोकमार्गलाई छिटो सम्पन्न गर्न पहल गर्ने पनि उम्मेदवारहरुले बताएका छन् ।

केरुङ पोखरा लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरी डिपिआर बनाई निर्माण कार्य गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने उनीहरुले बताएका छन् । पोखरा क्षेत्रमा चक्रपथ निर्माण एवम् बाहिरी चक्रपथको अध्ययन सुरु गर्न पहल गरिने उल्लेख छ । उनीहरुले घोषणा पत्रमा पृथ्वीचोकमा रहेको बसपार्कलाई सिटी बसपार्कको रुपमा व्यवस्थित गरी लामेआहालमा विशेष सुविधासम्पन्न आधुनिक बसपार्क र छोरेपाटन क्षेत्र एवम् हेम्जा क्षेत्रमा सुविधा सम्पन्न इन्ट्रान्स बसपार्कहरु निर्माण गर्न विशेष पहल गर्ने बताएका छन् ।

भरतपोखरी, निर्मलपोखरी, कृस्ती हुँदै कुभिन्डेसम्मको वैकल्पिक राजमार्ग सक्न पहल गर्ने र ट्राफिक व्यवस्थापनको लागि बहुआयामिक सुविधासम्पन्न पार्किङ स्थल निर्माण, निजी साझेदारीमा बेसमेन्ट पार्किङ संचलन गर्ने महानगरीय योजनालाई सहयोग गर्ने घोषणा पत्रमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button