स्थानीयको हितविपरीत पोखरा २२ मा ल्याण्डफिल साइट राख्न दिदैनौँ : गठबन्धन उम्मेदवार

पाँच दलीय गठबन्धनबाट कास्की निर्वाचन क्षेत्र ३ का साझा प्रतिनिधि सभा सदस्य उम्मेदवार रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाश बरालले पोखरा-२२ मा ल्याण्डफिल साइट राख्ने बिषयमा स्थानीयको हित विपरित कुनै निर्णय हुन नदिने बताए ।

चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहिबार पोखरा २२ को चिसापानीमा आयोजित कोण सभामा बोल्दै उम्मेदवार जीवन र प्रकाशले यस्ता निर्णय गर्दा स्थानीयको इच्छा र हित विपरित कुनै पनि निर्णय गर्न नदिने बताएका हुन् । उम्मेदवार जीवनले भने “म तपाईहरुलाई के कुरा प्रष्ट पार्छु भने पोखरा २२ मा ल्याण्डफिल साइट राख्ने विषयमा प्रारम्भिक चरणमा छलफल मात्र भएको छ, सामान्य छलफल भएकै कारणमा हामीलाई अनावश्यक जोडेर भड्काउन खोजिएको छ, जनताका बीचमा भ्रम छर्ने प्रयास गरिएको छ ।”

पोखरा २२ मा ल्याण्डफिल राख्ने बिषयमा आफुहरुको कहि कतै संलग्नता नभएको र यस्ता विषयको निर्णय गर्दा स्थानीयको इच्छा विपरित आफुहरुले गर्न नदिने उनले दाबी गरे । उम्मेदवार जीवनले भने “रामजी बरालको पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्ने वुषयमा कहि कतै संलग्नता छैन, स्थानीयको परामर्श गरेर मात्रै हामीले त्यसलाई अघि बढाउने छौं, सामाजिक संजालमा छरिएको कुप्रचारको भ्रममा नपर्न स्थानीयलाई आग्रह गर्दछु ।”

पोखरा-२२ को रणनीतिक महत्व रहेको छोरेपाटन, चिसापानी हुँदै कुभिण्डे जोड्ने सडक आगामी २ वर्षमा पिच गर्न विशेष पहल गर्ने पनि उम्मेदवार बरालले बताए । सिद्धार्थ राजमार्गको वैकल्पिक सडकको रुपमासमेत रहेको उक्त सडक आफ्नो पहलमा केही समयमै टेण्डर भई ढिलोमा २ वर्ष भित्र पिच हुने गरी प्रक्रिया अघि बढेको उनले जनाए ।

पुम्दी भुम्दीमा धेरै सम्भावना भएकोले उक्त सम्भावनालाई साकार रुप दिन आफ्नो जित आवश्यक भएको उनको भनाई थियो । कहि कतै तरङ्गित र भ्रमित नभई मेहनतका साथ गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउने अभियानमा जुट्न पनि नेता तथा कार्यकर्तालाई उम्मेदवार बरालले आग्रह गरे ।

त्यस्तै प्रदेशसभा उम्मेदवार प्रकाशले विकासको नाममा स्थानीयको इच्छा विपरित कुनै पनि निर्णय गर्न नदिने दाबी गरे । गठबन्धनका उम्मेदवारको बहुमतले विजयी हुदाँ विकास र समृद्धि हुने उनले दाबी गरे । पोखरा-२२ को गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक होमप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्रका नेता नवराज बराल, एकिकृत समाजवादीका नेता जगन्नाथ बास्तोला, प्रगतीशिल टोल विकास संस्थाका अध्यक्ष नरबहादुर खड्का लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button