दुबईमा बसेर नेपालमा हराएका बालकको फिरौती माग्ने युवक जेल चलान

आफ्नै घरको आँगन छेउको नहरमा बगेर हराएका बालक आफ्नो कब्जामा रहेको भन्दै सामाजिक सञ्जालमार्फत पैसा माग्ने एक युवक जेलचलान भएका छन् ।

गत असार १५ गते बिहान ९:०० बजेको नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-७ शिवपुरगढी घर भएका २१ महिने बालक प्रज्वल थापा आफ्नै घरको आँगनबाट हराएका थिए । बालक हराएपछि उनका आफन्तले सामाजिक सञ्जालमा बालकको हुलियासहित हराएको विवरण पोस्ट गरेका थिए ।

सोही विवरणको आधारमा हराएका बालक आफ्नो सम्पर्कमा रहेको र पाँच लाख पैसा आफ्नो खातामा जम्मा गरिदिए बालकलाई देखाउँछु भनेर पिडितलाई सन्देश पठाउने युवक जेल चलान भएका हुन् । झापा जिल्लाको शिवसताक्षी-८ घर भएका २२ वर्षीय सन्दिप खड्काले युएईको दुबईबाट उक्त मेसेज पठाएको अनुसन्धानका क्रममा खुलेको थियो । उनलाई इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ गरि नेपाल झिकाइएको थियो ।

खड्कालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गरि अभियोगपत्र सहित कार्तिक ३० गते जिल्ला अदालत पेश गरिएकोमा अदालतले उनलाई पुर्पक्षको लागि कारागार भरतपुर चलान गर्न आदेश दिएको थियो ।

हराएका बालक भने ९ दिनपछि आफ्नै घर आँगन नजिक रहेको कुलोमा मृत अवस्थामा फेला परेका थिए । उनी खेल्ने क्रममा नहरले बगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button