गण्डकी प्रदेशभर मतदान हुँदै, हेर्नुहोस् फोटोफिचर

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेशका सबै जिल्लामा मतदान जारी छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान ७ बजेदेखि मतदान समय निर्धारण गरिएको थियो । प्रदेशअन्तर्गतका सबै जिल्लामा मतदान सुरु भएको भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख होमनाथ पराजुलीले बताउनुभयो । उहाँका अनुसार अत्यन्त चिसो हुने हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङमा पनि मतदान सुरु भैसकेको छ ।

गण्डकी प्रदेशमा आजको निर्वाचनका लागि कुल १६ लाख ६२ हजार दुई सय ४६ मतदाता सहभागी बन्दैछन् । हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, तनहुँ हुँदै तराईको जिल्ला नवलपुरसहित ११ वटा जिल्लामा समेटिएको गण्डकीमा यस पटकको निर्वाचनमा आठ लाख ६९ हजार पाँच सय ३८ जना महिला, सात लाख ९२ हजार छ सय ९७ जना पुरुष र ११ जना अन्य मतदाता छन् ।

छिमेकी दुई ठूला राष्ट्र चीन र भारतसम्म सिमाना जोडिएको यस प्रदेशमा आजको निर्वाचनबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि १८ वटा निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ३६ वटा निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा हुँदैछ ।

निर्वाचनका लागि प्रदेशमा २८ हजार कर्मचारी परिचालन भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button