पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान १० बजेदेखि यान्त्रिक परीक्षण उडान हुने भएको छ ।

शनिबार नै पोखरा उत्रेको एरो थाईको विमानले अब एक सातासम्म नयाँ बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्नेछ । यान्त्रिक उडानमा पोखरा विमानस्थलमा जडान गरिएका सबै खाले उपकरणहरुको परीक्षण हुनेछ । मुख्यरुपमा सञ्चार उपकरण, ल्यान्डिङ प्रणाली, नेभिगेसन प्रणालीलगायतका प्रणालीको परीक्षण हुने विमानस्थल स्रोतले जनाएको छ ।

क्यालिब्रेसन फ्लाइटका कारण पोखरामा हुँदै आएका नियमित उडानका तालिका भने अस्तव्यस्त हुने भएको छ । पोखराको रहेको आन्तरिक विमानस्थलबाट हुने गरेका नियमित उडानहरु आजदेखि एक सातासम्म बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसोको साढे २ बजेदेखि साँझको साढे ५ बजेसम्म अवरुद्ध हुने जनाइएको छ । विमानस्थलले त्यस समयमा उडान नगर्न नोटम जारी गरिसकेको छ ।

नयाँ विमानस्थलको अवरोध मानिएको धावनमार्ग अगाडि रहेको रिठ्ठेपानी डाँडो क्यालिब्रेसन फ्लाइटका लागि भनेर १४ मिटर काटेर सम्याइसकिएको छ । जनवरी १ देखि औपचारिक रुपमै उडानको शुरुआत गर्ने गरि विमानस्थलमा तयारी गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button